नेपालका गाउँघरमा करीब डेढ दशक अघिसम्म पनि मकैको कुन्यू, धानको भकारी वा परालको माचले व्यक्तिको सम्पन्नता दर्शाउँथ्यो । विशेषगरी पहाडको सन्दर्भमा दाल भात खान र अन्न बेचेर छोराछोरीलाई काठमाडौंका सरकारी क्याम्पसमा पढाउन सक्ने परिवारलाई सामन्ती ठानिने समय केहीअघि सम्म कायाम थिो । तिनैलार्ई तह लगाउन संगठीत भएका युवा युवतीको आठमा माओबादीको सशस्त्र विद्रोहले देशब्यापी रुप लियो । युद्धको जगमा माओबादीले पहिलो संविधानसभा निर्वाचनबाट सवैभन्दा ठूलो राजनीतिक दलको हैसियत पनि पायो । अहिले उ तुलनात्मक रुपमा परिवर्तन भएको छ । त्यसबेला युद्धको मोर्चा सम्हाल्ने मध्ये अधिकांश नव धनाड्यमा परिणत भई ठूलठूला बंगलाका मालिक भएका छन्, विभिन्न उद्योगमा लगानी गरेका छन्, टेलिभिजन स्टेसन चलाएका छन् भने दशक अघि कथित सामान्त भनेर विस्तापित गरिएकाहरुका छोराछोरी विदेश भाँसिएर खाडीका मरुभूमिका श्रम बेचिरहेका छन् ।