अनिरुद्र न्यौपाने |
ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारका संबन्धमा बर्सेनी बिश्वभरको अवस्था अध्ययन गरेर तयार गर्ने भ्रष्टाचार धारणा सुचक (सीपीआई)–२०११ ले नेपाल आम नागरिकका नजरमा अत्याधिक भ्रष्टाचार हुने मुलुकका रुपमा रहेको देखिएको छ । २०१० मा अध्ययन गरिएका १७८ मुलुकमध्ये १४६ औ स्थानमा रहेको नेपाल यो बर्ष १८३ मुलुकमध्ये १५४ औ स्थानमा पुग्दा हाम्रो देशको सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकतर्फको दुरी अझ कम भएको छ । सार्वजनिक निकायमा हुने भ्रष्टाचारका संबन्धमा बर्सेनी हुने गरेको यो अध्ययनले अन्य मुलुकको तुलनामा नेपालको स्थीति २००९ भन्दा २०१० र २०१० भन्दा २०११ मा झनै निराशाजनक बन्दै गएको देखाउनुले नेपाल बिश्वका सबैभन्दा बढि भ्रष्टाचार हुने मुलुक सोमालीया, युगान्डा र अफगानिस्थानकै बन्न धेरै समय नलाग्ने देखिएको छ । यसबाट अन्तराष्ट्रिय समुदायका बिच नेपालको छवि धुमील हुँदै जानेमात्र नभई देशभित्र थप निराशा उत्पन्न भई नयाँ खाले बिद्रोहको सुत्रपात र उल्लेखीत तीन मुलुकमा जस्तै नेपालमा पनि राज्यले नियन्त्रण गर्नै नसक्ने आतंक र गृहयुद्धको स्थिती नआउला भन्न सकिन्न ।