Wednesday, November 2, 2011
सुनिएका र भोगिएका प्रचण्ड
२०६३ असारमा पहिलो पटक र्सार्वजनिक भएसँगै आमजनतामा प्रचण्डको अस्तित्वबारेको आशंका निवारण भयो र सुनिएका प्रचण्डको स्थान देखिएका प्रचण्डले लिए । आफू र्सार्वजनिक भएसँगै उनले दिएकोे नयाँ नेपाल, अग्रगमन र चमत्कारजस्ता शब्दमिश्रति अभिव्यक्तिले मुलुकको सकारात्मक परिवर्तनको अपेक्षा गरेका जनतामा नयाँ आशाको सञ्चार गरायो । त्यसअघिसम्म उनलाई रगत र हतियारको राजनीतिका पर्याय ठान्ने सम्भवतः बहुसंख्यक जनतामा उनको शान्तिपर्ूण्ा सामाजिक रूपान्त™णप्रतिको प्रतिबद्धतासहितको र्सार्वजनिकीकरणले उनीप्रतिको दृष्टिकोणमा ठूलो र सकारात्मक परिवर्तन ल्याइदियोे । पहिलो पटक र्सार्वजनिक हुने क्रममा प्रचण्डले देखाएको आत्मविश्वास, उनको प्रस्तुति र व्यक्तित्वले आमजनतामा बीपी कोइरालाको निधनसँगै खड्किएको राजनेताको अभाव मेटिने आशासमेत पलायो ।
आजसम्म आइपुग्दा देखिएका प्रचण्डको स्थान भोगिएका प्रचण्डले लिएका छन् । यसबीचमा आमजनताले उनीबारे पर्याप्त मात्रामा जान्ने र बुझ्ने अवसर पाएका छन् । जनता उनीसँग सम्बन्धित केही ज्वलन्त विषयम आफैं अध्ययन गर्न सक्ने भएका छन् । उनका अभिव्यक्ति र व्यवहारबीचको तालमेल, जनता र लोकतन्त्रप्रतिको प्रतिबद्धता, राजनीतिक परिपक्वता, इमानदारिता र कार्यकुशलताजस्ता विषयहरू अहिले जनताप्रतिको उनको आशा, भरोसा र उनीप्रतिको झुकाव मापनका आधार बनेका छन्, न कि उनको कलात्मक भाषण र भौतिक व्यक्तित्व ।
रक्तपातपर्ूण्ा युद्धमार्फ तत्कालीन संयुक्त जनमोर्चाबाट फुटेर बनेको सानो समूहलाई विस्तार गरेर देशव्यापी सञ्जाल भएको ठूलो माओवादी पार्टर्ीी परिवर्तन गर्न सफल प्रचण्ड शान्तिपर्ूण्ा राजनीतिका आएसँगै उनले नेतृत्व गरेको पार्टर्ीीाष्ट्रिय राजनीतिको निर्ण्ाायक शक्तिका रूपमा रहँदै आएको छ । शान्तिपर्ूण्ा राजनीतिमा आउनेबित्तिकै संसद्को दोस्रो ठूलो दल एमालेबराबरको हैसियतमा विना कुनै निर्वाचन संसद्मा आफ्नो पार्टर्ीीई स्थापित गराउनेदेखि दर्ीघकालीन महत्त्वका धेरै विषयमा गिरिजाप्रसाद कोइरालाजस्तो हठी नेतासँगको रानीतिक लेनदेनमा आफ्नो हात माथि पार्न सक्नु उनको उनको ठूलो रणनीतिक कौशलता थियो, भलै उनको त्यो विजय राष्ट्र र लोकतन्त्रको भविष्यका लागि प्रत्युत्पादक नै किन नहोस् ।
प्रचण्ड स्वयंका अनुसार माओवादीसँग ६ देखि ७ हजारभन्दा बढी लडाकू थिएनन् । त्यति संख्याका लडाकूमध्ये आधाभन्दा धरैलाई बाहिरै राख्ोर पनि आफूसँग ३० हजारभन्दा बढी लडाकू भएकोमा कांग्रेस र एमालेका नेता मात्र नभई राष्ट्र संघलाई समेत झुक्याउन सफल प्रचण्ड चतुर राजनीतिक खेलाडी भएको प्रस्ट छ । आफ्नो दल हतियार र लडाकूसहित हुने र अन्य दलले निर्वाचन प्रचारका लागि गाउँ छिर्नसमेत नपाउने वातावरणमा संविधानसभाको निर्वाचनका लागि अन्य दललाई सहमत गराउने उनको कौशल चानचुने थिएन । संविधानसभा निर्वाचनमा आफ्नो दललाई विपक्षी कांग्रेसभन्दा ७ लाखभन्दा बढी मत खसालेर सबैभन्दा ठूलो दलका रूपमा स्थापित गराउँदासम्म उनी निरन्तर सफल भए ।
संविधानसभाको निर्वाचन सम्पन्न हुँदासम्म भारतसँग मिलेर अगाडि बढ्ने रणनीति बोकेका प्रचण्डले रामराजाप्रसाद सिंहलाई राष्ट्रपति उम्मेदवार बनाएर शान्ति प्रक्रियाको संयोजनकर्ता नेता गिरिजाप्रसाद कोइरालालाई धोका दिए । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न नदिई दलहरूका बीचमा अविश्वास उत्पन्न गर्ने र शान्ति प्रक्रियालाई समेत संकटमा धकेल्ने माओवादी कदम प्रचण्ड स्वयं र उनको पार्टर्ीीे स्वविवेकमा आधारित थियो भन्नेमा धेरैलाई आशंका छ । नेपालका लागि तत्कालीन भारतीय राजदूत राकेश सुदले संविधानसभाको निर्वाचनलगत्तै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पदबाट राजीनामा नदिएकोमा र्सार्वजनिक रूपमा नै आलोचना गरेको घटनाले त्यस बेलासम्म भारत र माओवादी नेतृत्वका बीचमा कुन तहको घनिष्ठता थियो भन्ने प्रस्ट हुन्छ । प्रचण्डलाई आफ्नै दलका नेताभन्दा धेर विश्वास गर्ने नेता कोइराला त्यसपछि मात्र उनीप्रति सचेत बने । आफ्नो स्वाभाविक राजनीतिक परिपक्वताको पर््रदर्शन गर्दै कोइरालाले डा. रामवरण यादवलाई राष्ट्रपति पदमा निर्वाचित गराएपछि सुरु भयो, प्रचण्डको रणनीतिक पराजयको शृंखला ।
संसद्मा सबैभन्दा ठूलो दलका रूपमा स्थापित माओवादीका नेता प्रचण्ड प्रधानमन्त्री हुनुलाई उनको सफलता मान्नु आवश्यक छैन । प्रमुख प्रतिपक्षी दल कांग्रेसले माओवादीको वैकल्पिक सरकार निर्माणको पहल नै नगरेको सर्न्दर्भमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्ने कुरा स्वाभाविक नै थियो । तर, निर्वाचित सरकारका शक्तिशाली प्रधानमन्त्री प्रचण्ड छिमेकीहरूसँगको कूटनीतिक सम्बन्ध व्यवस्थापनमा शतप्रतिशत असफल हुँदा उनी प्रधानमन्त्री बन्ने बेलासम्म उनको नजिकको मित्रशक्ति रहेको भारत दुश्मन बन्न पुग्यो । 'सिंहदरबारभित्रै सहिद बन्न तयार भएको'लगायत एउटा देशको कार्यकारी प्रमुखका लागि नसुहाउने अभिव्यक्ति दिएर उनले प्रधानमन्त्री पदको मर्यादासमेत जोगाएनन् । र्सवहारा वर्गको नेतृत्व गर्ने भनिएको दलका नेताले लाखौं रुपैयाँ पर्ने पलङमा सुत्नेदेखि महँगो घडी लगाउनेसम्मका व्यवहार उनमा रहेको आफूले प्रतिनिधित्व गर्ने वर्गप्रतिको संवेदनहीनताको प्रस्ट उदाहरण बन्यो । शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई एकातिर पन्छाएर पशुपतिका पुजारी परिवर्तन गर्नेदेखि रुक्मांगद कटुवाललाई सेनापतिबाट बर्खास्त गर्नेसम्मका गतिविधिले उनी त पराजित भए नै राष्ट्रियतासमेत संकटमा पर्योे । प्रचण्डको सेनामा राजनीतीकरण गर्ने प्रयासविरुद्धमा गैरमाओवादी दलहरूसँग कटुवालका पक्षमा उभिनुपर्ने बाध्यताले राजनीतिमा सैनिकीकरणको बीजसमेत रोपियो । सेनापति प्रकरणबाट आफ्ना सहयात्री दलहरूको साथसमेत गुमाएका प्रचण्ड र माओवादीविरुद्ध बाँकी सबै दल एक भएर बाइस दलीय गठबन्धन तयार हुनु प्रचण्डको अर्को ठूलो विफलता थियो ।
उनले प्रधानमन्त्री पद छोडेसँगै र्सार्वजनिक भएको भिडियो टेप प्रकरणले उनी आफ्ना कार्यकर्तासँग एकथरी र अन्य दलसँग अर्कोथरी कुरा गर्दा रहेछन् भन्ने प्रस्ट पार्यो । यसबाट उनी आफ्नै कार्यकर्ता वा देश र जनतामध्ये एकलाई धोका दिइरहेछन् भन्ने कुरा खुल्यो । अर्थात्, उनी धोकाको राजनीति गर्दारहेछन् भन्ने आमजनताले थाहा पाए । संविधान निर्माणको काम छाडेर नागरिक सर्वोच्चताको नाममा कथित जनआन्दोलन-३ सञ्चालन गर्ने उनको कदमले त उनको साख झनै गिर्यो । अझ र्सार्वभौम देशका प्रधानमन्त्री बनिसकेका व्यक्तिले आन्तरिक राजनीतिका सर्न्दर्भमा 'प्रभु'सँग वार्ता गर्ने भन्ने अभिव्यक्तिले उनमा राजनीतिक र कूटनीतिक मर्यादा पर्ूण्ातः स्खलित भएको देखायो । दोस्रो पटक प्रधानमन्त्री बन्न सांसद खरिदका लागि रकम जुटाउने प्रयास भएको सम्बन्धमा र्सार्वजनिक विवादास्पद टेप प्रकरणले उनी झनै आलोचित भए । आफ्नाबारे जस्तोसुकै नराम्रा कुराको पोल खुले पनि शिर ठाडो पारेर हिँड्न सक्ने उनको क्षमताले उनमा लज्जा र नैतिकताको खडेरी रहेको प्रस्ट हुन्छ ।
पछिल्लो पटक उनले आफ्नै पार्टर्ीी उपाध्यक्षहरू डा. बाबुराम भट्टर्राईसँग एकथरी र मोहन वैद्यसँग अर्कोथरी कुरा गर्दै विवादका बीचबाट उनले फाइदा लिने गरेको नेताद्वयले नै अनुभूत गर्दा र देशकै र्सवशक्तिमान मानिएका प्रचण्ड आफ्नै दलमा समेत अल्पमतमा पर्ने स्थिति आइपर्यो । पार्टर्ीीे अध्यक्ष र संसदीय दलको नेता आफू भएर पनि पार्टर्ीीत्र अत्यन्त कमजोर हैसियतमा रहेका र विगतमा आफैंले भारतपरस्तको आरोप लगाएका बाबुराम भट्टर्राईलाई प्रधानमन्त्री बनाउनुपर्ने र उनको सहयोगीको भूमिका निभाउन आफैंले मुख्य शत्रु घोषणा गरेको शक्तिका प्रतिनिधिलाई भेट्न लुकीलुुकी सीमापारी पुग्नुपर्ने बाध्यतामा पुग्नु उनको राजनीतिक हारको अर्को उदाहरण हो ।
विवेकले भन्दा आवेशमा आएर निर्ण्र्ाागर्नु र जनताभन्दा व्यक्तिगत स्वार्थका लागि आफ्नो योग्यता र क्षमताको दुरुपयोग गर्नु प्रचण्डको विशेषता र पहिचान बनेको छ । पाँचबर्सर्ेेुला राजनीतिक दौरानमा उनीप्रतिको जनभरोसा अत्यन्त कम भएको छ । तथापि, उनले आफ्नो वाक् कौशलता र भौतिक व्यक्तित्वलाई मुलुकको सका™ात्मक परिवर्तनका लागि प्रयोग गर्ने र शान्ति, लोकतन्त्र र संविधान निर्माणको निर्विकल्प बाटो समात्ने हो भने उनी सफल राजनीतिज्ञ बन्न सक्ने स्थिति समाप्त भइसकेको छैन । आशा गरौं, उनले अहिले देखाएको शान्ति र संविधानप्रतिको प्रतिबद्धता उनकै पार्टर्ीी महासचिव रामबहादुर थापाले भनेजस्तो बाहय शक्तिको चाहनाको उपज नभई देश र जनताप्रतिको जिम्मेवारीबोधको परिणाम होस् ।
अनिरुद्र न्यौपाने, 12 Kartkik 2068

सफल अर्थमन्त्री होइनन् बाबुराम
आर्थिक वर्ष ०६४/६५ मा मुलुकको समग्र आर्थिक वृद्धिदर ५ प्रतिशत हुने लक्ष्य राखिएकामा ५.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको थियो अर्थात् सो वर्ष लक्ष्यअनुसार नै आर्थिक वृद्धिदर हासिल भएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य संभवतः अहिलेसम्मकै उच्च रहेको र जसका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा निकै वृद्धि भएको सो वर्ष समग्र मुद्रास्फीति ७.७ प्रतिशत मात्र रह्यो । अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २३ प्रतिशतले राजस्व संकलन वृद्धि भई राजस्व संकलनको लक्ष्य पनि सो आर्थिक वर्षमा सहजतासाथ हासिल भएको थियो ।
सो आर्थिक वर्षमा विकास बजेट लगभग लक्ष्यअनुरूप नै खर्च भएको थियो । देशभित्र लगानी मैत्री वातावरण निर्धारणको सूचक मानिने सेयरको मूल्यमा आर्थिक वर्ष ०६४/६५ भरी निरन्तर वृद्धि हुँदा लगानीकर्ताहरू उत्साहित रहे । डा. महत एनेकपा माओवादी र एमालेका मन्त्रीहरूले समेत सरकारबाट राजीनामा दिइसकेको र संसद्मा राजीनामा घोषणा गरिसकेको सरकारको अर्थमन्त्री रहँदा पनि आ.व. ०६५/६६ को पहिलो दुई महिनामा आर्थिक परिसूचकहरू सकारात्मक नै रहे ।
आर्थिक वर्ष ०६४/६५ मा जस्तै उनकै अर्थमन्त्रीत्वको आ.व. २०६३/६४ मा पनि बजेटले परिलक्षित गरेका धेरै जस्तो उद्देश्यहरू प्राप्त भए । द्वन्द्वकालमा उनी अर्थमन्त्री रहँदा गाउँ–गाउँमा विकास निर्माणका काममा माओवादीको अवरोध हुँदा पनि देशको आर्थिकस्थिति नाजुक हुनबाट जोगाउन र थोरैदरमा भए पनि निरन्तर आर्थिक वृद्धि हाँसिल गर्न उनी सफल नै भए । बहुदलीय संसदीय व्यवस्थाकालमा प्राप्त भएका ५ प्रतिशतभन्दा बढी अंकको प्रायः सबै आर्थिक वृद्धिदर डा. महतकै पालामा हासिल भएका छन् ।
तर, नेपाली कांग्रेस पार्टीभित्रकै आफूलाई समाजवादी भन्न रुचाउनेहरूकोे उनले अवलम्बन गरेका आर्थिक नीतिहरूमा रहेका कमजोरीहरूलाई तन्काएर राजनीतिक लाभ लिने दाउपेचका कारण अर्थमन्त्रीका रूपमा प्रायः सफल रहेका उनलाई नेपालको अर्थतन्त्र ध्वस्त बनाउने खलनायकका रूपमा प्रचारित गरियो ।
निजी क्षेत्रलाई लगानीका निम्ति उत्प्रेरित गर्ने खालको उनका आर्थिक नीतिहरूका कारणले जस्तोसुकै अवस्थामा पनि नेपालको अर्थतन्त्र ठगिइरहेको, नेपालको वित्तीय क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने स्थितिमा पुगेको र थोरै मात्रामा भए पनि देशभित्र उद्यमशीलताको विकास भएको विषयलाई ढाकछोप गरी स्रोत र साधनको न्यायोचित वितरणमा देखिएका केही कमीकमजोरीलाई सुधार गर्न सहयोग गर्नेभन्दा पनि उनले कांग्रेसको समाजवादी धारभुत्ते पारेको आरोप लगाउँदै राजनीतिक लाभ लिनेहरूको बोलवाला हँुदा उनलाई कसैले पनि सफल अर्थमन्त्री भनेन ।
त्यसको ठीकविपरीत करिब ६ प्रतिशतको आर्थिक वृद्धिदरलाई कछुवा गतिको आर्थिक वृद्धिदरको संज्ञा दिँदै सर्प झै घस्रने आर्थिक नीतिको सट्टा भ्यागुतो झैं उफ्रने आर्थिक नीतिको घोषणा गरेका तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले राजस्व संकलनमा वृद्धि गर्नेबाहेक बजेटले परिलक्षित गरेका कुनै पनि आर्थिक उद्देश्य प्राप्त गर्न सकेनन् ।
संकलित राजस्वमा पनि १ अर्ब ६० करोडभन्दा बढी रकम स्वयं आयकर घोषणामार्फत प्राप्त भएकाले त्यसको दीर्घकालीन आर्थिक महत्व थिएन । उक्त रकमलाई हटाउने हो भने उनको पालामा राजस्व संकलनमा भएको वृद्धि पनि साविक बराबर मात्र हुन आउँछ ।
आ.व. २०६५/६६ मा कम्तीमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने उनको लक्ष्य भए पनि वर्ष मुस्किलले चार प्रतिशतको मात्र आर्थिक वृद्धि भएको भयो । गरिबलाई राहत दिने नीति भट्टराईको कार्यकालमा संभवतः २०४६ पछिकै सबैभन्दा ज्यादा अर्थात् १३ प्रतिशतको मूल्यवृद्धिको मार गरिब नेपाली जनताले बेहोर्नुप¥यो जबकि त्यो वर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३७ डलरसम्म झर्दा नेपालले भारतबाट गर्ने मूल्यसमेत कम भएको थियो ।
अग्रगामी सोच भएका भनिएका दलहरूको मात्र साथ लिई बनेको माओवादी सरकारले अगाडि बढाएका काम गर्न त्यसबेलाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि असहयोग गरेको थिएन तर पनि जनताको आर्थिक स्तर उठाउन खर्च हुनुपर्ने विकास बजेटको आधा पनि आ.व. २०६५/६६ मा खर्च भएन । आफू अर्थमन्त्री बन्ने बित्तिकै पुँजी बजारलाई जुवाघरको संज्ञा दिने भट्टराईको अभिव्यक्तिले घट्न सुरु भएको सेयरको मूल्यमा अझैसम्म तात्विक सुधार हुन सकेको छैन । अर्थात्, उनको गलत अभिव्यक्ति र व्यवहारले आन्तरिक र बाह्य लगानीको वातावरण बिग्रँदा देशभित्र उत्पादन र उत्पादकत्वमा हुन सक्ने संभावित वृद्धिलाई समेत कही वर्ष पछाडि धकेलिदियो ।
राजस्व संकलन भनेको स्रोत र साधनको स्वामित्व निजी क्षेत्रबाट सरकारी कोषमा हस्तान्तरण गर्ने प्रक्रिया मात्र हो । यसरी संकलन हुने राजस्व जनताको हितमा प्रयोग नहुने हो भने त्यसकोे निजी क्षेत्रबाट हुने आर्थिक गतिविधि कम गर्ने बाहेक कुनै औचित्य रहँदैन । त्यस आधारमा हेर्ने हो भने बाबुराम भट्टराईको पालामा भएको राजस्व संकलनले देशमा आर्थिक गतिविधिलाई सीमित गर्दै कुल ग्राहस्थ उत्पादन घटाउनेबाहेक केही योगदान गरेन ।
उनको कार्यकालमा उत्पादनमा गिरावट हुँदा उपभोगमा भइरहेको निरन्तरको वृद्धिका कारणले बचतको दर समेत साविकभन्दा बढी दरले घटेको थियो । यी सबै आँकडाहरूका आधारमा उनलाई सफल अर्थमन्त्री देखाउने कुनै आधार देखिँदैन । सञ्चारमाध्यमका गलत रिपोर्टिङ, विद्व्नका कहलाएको उनको व्यक्तित्व र नेपालका आर्थिक पण्डितहरूको सत्यतथ्य प्रस्तुत गर्नेभन्दा पनि सञ्चारमाध्यमलाई रिझाउने प्रवृत्तिको परिणामको उपजका रूपमा मात्र उनी सफल अर्थमन्त्री कहलाएका हुन् ।
डा. भट्टराईको आर्थिक नीतिका कारणले देशको आर्थिक गतिविधि खुम्चियो, जनताको जीवनस्तरमाथि पनि उठेन, कुलगार्हस्थ उत्पादन कम दरमा वृद्धि भएपछि प्रतिव्यक्ति आयमा पनि खासै वृद्धि भएन र धेरैजसो आर्थिक परिसूचकहरू पनि नकारात्मक रहे । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले वि.स. २०५२ मा त्यसबेलाका प्रतिपक्षी दलहरू, उद्योगी÷व्यवसायी र सर्वसाधारण समेतको चर्को दबाबका बाबजुद मूल्य अभिवृद्धि कर ऐन २०५२ तयार गरी संसद्बाट पारित गराएकाले अहिले अर्थतन्त्र आन्तरिक स्रोतबाट पनि अर्थतन्त्र धेरै हदसम्म थेगिने स्थिति बनेको छ तर बाबुरामले दीर्घकालीन महत्वका त्यस्तो केही काम पनि गरेका छैनन् । अतः बाबुरामलाई सफल अर्थमन्त्री भन्ने कुनै आधार फेला पार्न सकिँदैन ।
सन् १९९० ताका राजनीतिक अस्थिरता र अन्य कारणले १९९१ सम्म पुग्दा भारतमा थेग्नै नसक्ने आर्थिक संकट आइप¥यो । कुल ग्राहस्थ उत्पादनको ८.५ प्रतिशत बराबरको वित्तीय घाटा, चालू खातामा ग्राहस्थ उत्पादनको ३.५ प्रतिशतको नोक्सानी र काबु बाहिरको भुक्तानी असन्तुलनजस्ता संवेदनशील आर्थिक परिस्थिति सिर्जना भयो भने विदेशी मुद्रा सञ्चयले करिब दुई साताबराबरको वस्तु तथा सेवा मात्र खरिद गर्न सक्ने अवस्था आयो । अर्थात्, भारत असफल राष्ट्र बन्ने र करिब–करिब टाट पल्टने स्थितिमा पुग्यो । भारतको त्यो आर्थिक संकट टार्ने उद्देश्यले तत्कालीन अर्थमन्त्री मनमोहन सिंहले संसद्मार्फत देशको आर्थिक नीतिमा आमूल परिवर्तनको घोषणा गरे । समाजवादी अर्थतन्त्र अँगाल्दै आएको भारतको आर्थिक उदारीकरण गर्ने सो घोषणा र त्यससँगै बनेका नयाँ कानुनको जगमा भारतको त्यसबेलाको आर्थिक संकट मात्र टरेन विश्वको शक्ति केन्द्रका रूपमा नयाँ भारतको जन्म पनि भयो । त्यसैले मनमोहन सिंह सफल अर्थमन्त्री हुन् जसको दोस्रो प्रधानमन्त्रित्व कालसम्म आइपुग्दा भारतको आर्थिक समृद्धिले झनै व्यापकता पाएको छ । तर, सामान्य अवस्थामा रहेको नेपालको अर्थतन्त्रको जग हल्लाउने डा. भट्टराईलाई सफल अर्थमन्त्री भन्नु र उनको प्रधानमन्त्रीत्वबाट देशको आर्थिक समृद्धिको कल्पना गर्नुको कुनै तुक छैन ।(Karobar Daily, 8 Kartik 2068)
Subscribe to:
Posts (Atom)