Wednesday, November 2, 2011

सुनिएका र भोगिएका प्रचण्ड

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बारे भूमिगत कालमा धेरै चर्चा र परिचर्चा भए । प्रचण्ड भन्ने व्यक्ति हुँदै नभएको भन्नेदेखि प्रचण्ड भनेकै तत्कालीन राजा ज्ञानेन्द्र हुन् भन्नेसम्मका हल्ला गाउँगाउँसम्म चले । सशस्त्र युद्धमा लागेका कतिपय लडाकूहरूसमेत प्रचण्डको अस्तित्व र पहिचानबारे बेखबर भेटिन्थे । माओवादीका लडाकू र गाउँ तहका कार्यकर्ता प्रचण्डबारे खासै चर्चा गर्दैनथे, बरु साधारणलाई आकषिर्त गर्ने प्रयोजनका लागि अर्का नेता डा. बाबुराम भट्टर्राईको प्रचारमा जोड दिन्थे । सम्भवतः अहिलेसम्म र्सवसाधारणमाझ प्रचण्डभन्दा बाबुराम बढी लोकप्रिय हुनुको एउटा कारण यो पनि हो ।     
२०६३ असारमा पहिलो पटक र्सार्वजनिक भएसँगै आमजनतामा प्रचण्डको अस्तित्वबारेको आशंका निवारण भयो र सुनिएका प्रचण्डको स्थान देखिएका प्रचण्डले लिए । आफू र्सार्वजनिक भएसँगै उनले दिएकोे नयाँ नेपाल, अग्रगमन र चमत्कारजस्ता शब्दमिश्रति अभिव्यक्तिले मुलुकको सकारात्मक परिवर्तनको अपेक्षा गरेका जनतामा नयाँ आशाको सञ्चार गरायो । त्यसअघिसम्म उनलाई रगत र हतियारको राजनीतिका पर्याय ठान्ने सम्भवतः बहुसंख्यक जनतामा उनको शान्तिपर्ूण्ा सामाजिक रूपान्त™णप्रतिको प्रतिबद्धतासहितको र्सार्वजनिकीकरणले उनीप्रतिको दृष्टिकोणमा ठूलो र सकारात्मक परिवर्तन ल्याइदियोे । पहिलो पटक र्सार्वजनिक हुने क्रममा प्रचण्डले देखाएको आत्मविश्वास, उनको प्रस्तुति र व्यक्तित्वले आमजनतामा बीपी कोइरालाको निधनसँगै खड्किएको राजनेताको अभाव मेटिने आशासमेत पलायो ।
आजसम्म आइपुग्दा देखिएका प्रचण्डको स्थान भोगिएका प्रचण्डले लिएका छन् । यसबीचमा आमजनताले उनीबारे पर्याप्त मात्रामा जान्ने र बुझ्ने अवसर पाएका छन् । जनता उनीसँग सम्बन्धित केही ज्वलन्त विषयम आफैं अध्ययन गर्न सक्ने भएका छन् । उनका अभिव्यक्ति र व्यवहारबीचको तालमेल, जनता र लोकतन्त्रप्रतिको प्रतिबद्धता, राजनीतिक परिपक्वता, इमानदारिता र कार्यकुशलताजस्ता विषयहरू अहिले जनताप्रतिको उनको आशा, भरोसा र उनीप्रतिको झुकाव मापनका आधार बनेका छन्, न कि उनको कलात्मक भाषण र भौतिक व्यक्तित्व ।
रक्तपातपर्ूण्ा युद्धमार्फ तत्कालीन संयुक्त जनमोर्चाबाट फुटेर बनेको सानो समूहलाई विस्तार गरेर देशव्यापी सञ्जाल भएको ठूलो माओवादी पार्टर्ीी परिवर्तन गर्न सफल प्रचण्ड शान्तिपर्ूण्ा राजनीतिका आएसँगै उनले नेतृत्व गरेको पार्टर्ीीाष्ट्रिय राजनीतिको निर्ण्ाायक शक्तिका रूपमा रहँदै आएको छ । शान्तिपर्ूण्ा राजनीतिमा आउनेबित्तिकै संसद्को दोस्रो ठूलो दल एमालेबराबरको हैसियतमा विना कुनै निर्वाचन संसद्मा आफ्नो पार्टर्ीीई स्थापित गराउनेदेखि दर्ीघकालीन महत्त्वका धेरै विषयमा गिरिजाप्रसाद कोइरालाजस्तो हठी नेतासँगको रानीतिक लेनदेनमा आफ्नो हात माथि पार्न सक्नु उनको उनको ठूलो रणनीतिक कौशलता थियो, भलै उनको त्यो विजय राष्ट्र र लोकतन्त्रको भविष्यका लागि प्रत्युत्पादक नै किन नहोस् ।
प्रचण्ड स्वयंका अनुसार माओवादीसँग ६ देखि ७ हजारभन्दा बढी लडाकू थिएनन् । त्यति संख्याका लडाकूमध्ये आधाभन्दा धरैलाई बाहिरै राख्ोर पनि आफूसँग ३० हजारभन्दा बढी लडाकू भएकोमा कांग्रेस र एमालेका नेता मात्र नभई राष्ट्र संघलाई समेत झुक्याउन सफल प्रचण्ड चतुर राजनीतिक खेलाडी भएको प्रस्ट छ । आफ्नो दल हतियार र लडाकूसहित  हुने र अन्य दलले निर्वाचन प्रचारका लागि गाउँ छिर्नसमेत नपाउने वातावरणमा संविधानसभाको निर्वाचनका लागि अन्य दललाई सहमत गराउने उनको कौशल चानचुने थिएन । संविधानसभा निर्वाचनमा आफ्नो दललाई विपक्षी कांग्रेसभन्दा ७ लाखभन्दा बढी मत खसालेर सबैभन्दा ठूलो दलका रूपमा स्थापित गराउँदासम्म उनी निरन्तर सफल भए ।
संविधानसभाको निर्वाचन सम्पन्न हुँदासम्म भारतसँग मिलेर अगाडि बढ्ने रणनीति बोकेका प्रचण्डले रामराजाप्रसाद सिंहलाई राष्ट्रपति उम्मेदवार बनाएर शान्ति प्रक्रियाको संयोजनकर्ता नेता गिरिजाप्रसाद कोइरालालाई धोका दिए । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न नदिई दलहरूका बीचमा अविश्वास उत्पन्न गर्ने र शान्ति प्रक्रियालाई समेत संकटमा धकेल्ने माओवादी कदम प्रचण्ड स्वयं र उनको पार्टर्ीीे स्वविवेकमा आधारित थियो भन्नेमा धेरैलाई आशंका छ । नेपालका लागि तत्कालीन भारतीय राजदूत राकेश सुदले संविधानसभाको निर्वाचनलगत्तै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पदबाट राजीनामा नदिएकोमा र्सार्वजनिक रूपमा नै आलोचना गरेको घटनाले त्यस बेलासम्म भारत र माओवादी नेतृत्वका बीचमा कुन तहको घनिष्ठता थियो भन्ने प्रस्ट हुन्छ । प्रचण्डलाई आफ्नै दलका नेताभन्दा धेर विश्वास गर्ने नेता कोइराला त्यसपछि मात्र उनीप्रति सचेत बने । आफ्नो स्वाभाविक राजनीतिक परिपक्वताको पर््रदर्शन गर्दै कोइरालाले डा. रामवरण यादवलाई राष्ट्रपति पदमा निर्वाचित गराएपछि सुरु भयो, प्रचण्डको रणनीतिक पराजयको शृंखला ।
संसद्मा सबैभन्दा ठूलो दलका रूपमा स्थापित माओवादीका नेता प्रचण्ड प्रधानमन्त्री हुनुलाई उनको सफलता मान्नु आवश्यक छैन । प्रमुख प्रतिपक्षी दल कांग्रेसले माओवादीको वैकल्पिक सरकार निर्माणको पहल नै नगरेको सर्न्दर्भमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्ने कुरा स्वाभाविक नै थियो । तर, निर्वाचित सरकारका शक्तिशाली प्रधानमन्त्री प्रचण्ड छिमेकीहरूसँगको कूटनीतिक सम्बन्ध व्यवस्थापनमा शतप्रतिशत असफल हुँदा उनी प्रधानमन्त्री बन्ने बेलासम्म उनको नजिकको मित्रशक्ति रहेको भारत दुश्मन बन्न पुग्यो । 'सिंहदरबारभित्रै सहिद बन्न तयार भएको'लगायत एउटा देशको कार्यकारी प्रमुखका लागि नसुहाउने अभिव्यक्ति दिएर उनले प्रधानमन्त्री पदको मर्यादासमेत जोगाएनन् । र्सवहारा वर्गको नेतृत्व गर्ने भनिएको दलका नेताले लाखौं रुपैयाँ पर्ने पलङमा सुत्नेदेखि महँगो घडी लगाउनेसम्मका व्यवहार उनमा रहेको आफूले प्रतिनिधित्व गर्ने वर्गप्रतिको संवेदनहीनताको प्रस्ट उदाहरण बन्यो । शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई एकातिर पन्छाएर पशुपतिका पुजारी परिवर्तन गर्नेदेखि रुक्मांगद कटुवाललाई सेनापतिबाट बर्खास्त गर्नेसम्मका गतिविधिले उनी त पराजित भए नै राष्ट्रियतासमेत संकटमा पर्‍योे । प्रचण्डको सेनामा राजनीतीकरण गर्ने प्रयासविरुद्धमा गैरमाओवादी दलहरूसँग कटुवालका पक्षमा उभिनुपर्ने बाध्यताले राजनीतिमा सैनिकीकरणको बीजसमेत रोपियो । सेनापति प्रकरणबाट आफ्ना सहयात्री दलहरूको साथसमेत गुमाएका प्रचण्ड र माओवादीविरुद्ध बाँकी सबै दल एक भएर बाइस दलीय गठबन्धन तयार हुनु प्रचण्डको अर्को ठूलो विफलता थियो ।
उनले प्रधानमन्त्री पद छोडेसँगै र्सार्वजनिक भएको भिडियो टेप प्रकरणले उनी आफ्ना कार्यकर्तासँग एकथरी र अन्य दलसँग अर्कोथरी कुरा गर्दा रहेछन् भन्ने प्रस्ट पार्‍यो । यसबाट उनी आफ्नै कार्यकर्ता वा देश र जनतामध्ये एकलाई धोका दिइरहेछन् भन्ने कुरा खुल्यो । अर्थात्, उनी धोकाको राजनीति गर्दारहेछन् भन्ने आमजनताले थाहा पाए । संविधान निर्माणको काम छाडेर नागरिक सर्वोच्चताको नाममा कथित जनआन्दोलन-३ सञ्चालन गर्ने उनको कदमले त उनको साख झनै गिर्‍यो । अझ र्सार्वभौम देशका प्रधानमन्त्री बनिसकेका व्यक्तिले आन्तरिक राजनीतिका सर्न्दर्भमा 'प्रभु'सँग वार्ता गर्ने भन्ने अभिव्यक्तिले उनमा राजनीतिक र कूटनीतिक मर्यादा पर्ूण्ातः स्खलित भएको देखायो । दोस्रो पटक प्रधानमन्त्री बन्न सांसद खरिदका लागि रकम जुटाउने प्रयास भएको सम्बन्धमा र्सार्वजनिक विवादास्पद टेप प्रकरणले उनी झनै आलोचित भए । आफ्नाबारे जस्तोसुकै नराम्रा कुराको पोल खुले पनि शिर ठाडो पारेर हिँड्न सक्ने उनको क्षमताले उनमा लज्जा र नैतिकताको खडेरी रहेको प्रस्ट हुन्छ ।
पछिल्लो पटक उनले आफ्नै पार्टर्ीी उपाध्यक्षहरू डा. बाबुराम भट्टर्राईसँग एकथरी र मोहन वैद्यसँग अर्कोथरी कुरा गर्दै विवादका बीचबाट उनले फाइदा लिने गरेको नेताद्वयले नै अनुभूत गर्दा र देशकै र्सवशक्तिमान मानिएका प्रचण्ड आफ्नै दलमा समेत अल्पमतमा पर्ने स्थिति आइपर्‍यो । पार्टर्ीीे अध्यक्ष र संसदीय दलको नेता आफू भएर पनि पार्टर्ीीत्र अत्यन्त कमजोर हैसियतमा रहेका र विगतमा आफैंले भारतपरस्तको आरोप लगाएका बाबुराम भट्टर्राईलाई प्रधानमन्त्री बनाउनुपर्ने र उनको सहयोगीको भूमिका निभाउन आफैंले मुख्य शत्रु घोषणा गरेको शक्तिका प्रतिनिधिलाई भेट्न लुकीलुुकी सीमापारी पुग्नुपर्ने बाध्यतामा पुग्नु उनको राजनीतिक हारको अर्को उदाहरण हो ।
विवेकले भन्दा आवेशमा आएर निर्ण्र्ाागर्नु र जनताभन्दा व्यक्तिगत स्वार्थका लागि आफ्नो योग्यता र क्षमताको दुरुपयोग गर्नु प्रचण्डको विशेषता र पहिचान बनेको छ । पाँचबर्सर्ेेुला राजनीतिक दौरानमा उनीप्रतिको जनभरोसा अत्यन्त कम भएको छ । तथापि, उनले आफ्नो वाक् कौशलता र भौतिक व्यक्तित्वलाई मुलुकको सका™ात्मक परिवर्तनका लागि प्रयोग गर्ने र शान्ति, लोकतन्त्र र संविधान निर्माणको निर्विकल्प बाटो समात्ने हो भने उनी सफल राजनीतिज्ञ बन्न सक्ने स्थिति समाप्त भइसकेको छैन । आशा गरौं, उनले अहिले देखाएको शान्ति र संविधानप्रतिको प्रतिबद्धता उनकै पार्टर्ीी महासचिव रामबहादुर थापाले भनेजस्तो बाहय शक्तिको चाहनाको उपज नभई देश र जनताप्रतिको जिम्मेवारीबोधको परिणाम होस् । 

 अनिरुद्र न्यौपाने, 12 Kartkik 2068

No comments:

Post a Comment