Wednesday, November 2, 2011

मनले भनेको मायाँ

चाहमा आउनेलाई रोक्नु खै म कसोगरी
नजर्ले हेरी के भन्नु मनले देख्छ सुन्दरी
जव बिर्सिदिउँ भन्छु याद पो बढि आउँछ
मायाँ मार्दछु भन्दामा उल्टै मुना पलाउँछ

हुनु पर्दछ रे मायाँ यता उता दुबैतिर
म मान्छु मन मान्दैन के उपाय छ आखिर ?
उस्ले दिए दिने आफु अन्यथा नदिने भए
लेनदेन भयो भन्छ मायाँ त त्यो भएन रे

No comments:

Post a Comment