Tuesday, January 6, 2015

यो देशको उन्नति हुन नदिने को होला ?

हामीले नमाने पनि २०४७ देखि २०५२ र २०६३ देखि २०७१ सम्म यो देशमा भएको विकास सम्भवतः कल्पना गरिएको भन्दा पनि बढि छ । कतिपय शक्तिका लागि यो पचेको छैन । मुलुकमा मध्यमार्गी विचारका विरुद्ध अतिवादी विचारको प्रवद्र्धनका लागि पालैपालो प्रयोग हुुन तयार क्रान्तिकारीहरु मार्फत यो देशको विकास प्रक्रिया अवरुद्ध पार्न सफल हुँदै आएको त्यो शक्तिले यसपटक नयाँ अतिवादीहरुलाई अघि बढाउन लागेको आभास भएको छ ।  संविधान बन्न नदिन र बनिहाले त्यसको विरोधमा हिंसात्मक युद्ध वा आतंक मच्चाउने तयारी सुरु भईसके जस्तो देखिन्छ ।  यो देशमा त्यस्ता अमुक शक्तिले चाहे अनुसार प्रयोग भईदिनेहरुको कहिल्यै अभाव नहुने भो ।