Tuesday, January 6, 2015

यो देशको उन्नति हुन नदिने को होला ?

हामीले नमाने पनि २०४७ देखि २०५२ र २०६३ देखि २०७१ सम्म यो देशमा भएको विकास सम्भवतः कल्पना गरिएको भन्दा पनि बढि छ । कतिपय शक्तिका लागि यो पचेको छैन । मुलुकमा मध्यमार्गी विचारका विरुद्ध अतिवादी विचारको प्रवद्र्धनका लागि पालैपालो प्रयोग हुुन तयार क्रान्तिकारीहरु मार्फत यो देशको विकास प्रक्रिया अवरुद्ध पार्न सफल हुँदै आएको त्यो शक्तिले यसपटक नयाँ अतिवादीहरुलाई अघि बढाउन लागेको आभास भएको छ ।  संविधान बन्न नदिन र बनिहाले त्यसको विरोधमा हिंसात्मक युद्ध वा आतंक मच्चाउने तयारी सुरु भईसके जस्तो देखिन्छ ।  यो देशमा त्यस्ता अमुक शक्तिले चाहे अनुसार प्रयोग भईदिनेहरुको कहिल्यै अभाव नहुने भो ।


२०५४ सालबाट आजसम्म स्थानीय चुनाव हुन दिईएको छैन । विकासको संयोजन गर्न बनाईएका संस्थागत संरचना ध्वस्त पारिए । सर्वसाधारणको हातबाट कोदालो र कलम खोसेर झण्डा वोकाउने र बदन्ुक भिराउने खेती १० बर्षसम्म चल्यो । विकासको व्यवहारबादी दुनियामा काम गर्न नदिएर जनतालाई भ्रमको संसारमा कैद गरियो । टेलिफोनका रिपिटर टावर, गाविस भवन, पुल पुलेसा सवै ध्वस्त बनाईयो । यस्तो भयावह अवस्थाबाट पनि यो देश अगाडि बढ्न सक्यो । नेपालको विकास तुरुन्तै सुचारु भयो ।  त्यसरी ध्वस्त भएका अधिकांश संरचना ८ बर्षभित्रमा नै  नेपालको लोकतन्त्रले पुनः निर्माण गरिदियो ।

विकास हुँदैमा सवै पहाड समथर बन्दैन । गाउँ गाउँ नै रहन्छन् । फरक केवल यतिमात्र हो कि आधारभूत सेवा सुविधा गाउँमा नै उपलब्ध हुन्छन् । त्यसतर्फ नेपालले ठूलो फड्को मारिसकेको छ । अहिले अपिधकांश गाउँमा कच्ची भएपनि सडक पुगेका छन् । गरिव जनताका हात हातमा मोबाईल फोन पुगेको छ । सरकारी विद्यालयको पहुँचमा धेरै विस्तार भएको छ । पछिल्ला विकासक्रम हेर्दा अवको पाँच बर्षमा नेपालमा उर्जाको संकट समाभान हुने अवस्था देखिन्छ । पुर्ण रुपमा विकसीत नभएको भएपनि आधारभुत सुविधा भएका १९१ वटा नगरपालिका गठन भएका छन् । व्यवसायीक खेती र पशुपालनमा धमाधम लगानी हुन थालेको छ । चेतना र शिक्षाको लहर गाउँ गाउँमा पुगेको छ । नेपालमा विकासको क्रान्ति सुरु भएको कुरा गौरवसाथ भन्न सक्ने अवस्थामा हामी पुगेका छौ ।  यस्तो अवस्थामा संविधान बन्न नदिने, बनाए त्यसलाई डढाउने र त्यतिपनि हुन नसके सशस्त्र युद्ध गर्ने भनेर उचाल्नेहरुको व्यवसाय यो देशमा फस्टाउनु सामान्य कुरा हैन । नेपालको आन्तरिक लगानीले यो संभव छैन ।

1 comment:

  1. Nice sir mero pani blog 6 hai sir hernu hola puranu bolg 6 tara update garna sakeko 6ina . plz see this link http://hemnk.blogspot.com/2013/03/blog-post.html

    ReplyDelete